दफा १९
क्वारेन्टाइन शत्रुजीव प्रभावित क्षेत्र घोषणा गर्न सक्ने
– (१) नेपालको कुनै क्षेत्रमा क्वारेन्टाइन शत्रुजीव फैलिएमा वा फैलिन सक्ने सम्भावना भएमा सङ्गठनले त्यस्तो क्षेत्रलाई क्वारेन्टाइन शत्रुजीव प्रभावित क्षेत्र घोषणा गर्न मन्त्रालय समक्ष सिफारिस गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सिफारिस भई आएमा त्यसमा उल्लेखित अवस्था समेतलाई विचार गरी मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी क्वारेन्टाइन शत्रुजीव प्रभावित क्षेत्र घोषणा गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम क्वारेन्टाइन शत्रुजीव प्रभावित क्षेत्र घोषणा गर्दा मन्त्रालयले त्यस्तो घोषणा लागू हुने समय, क्षेत्र, कारण, त्यस्तो क्षेत्रमा गर्न नहुने काम, क्वारेन्टाइन सम्बन्धी शर्त समेत उल्लेख गर्नेछ ।